कोरोनाको प्रभावकारी औषधि भेटियो

0
Shares

लन्डन,एजेन्सी ।

कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन अहोरात्र खटिरहेका अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टि प्यारासाइटिक  (परजिवी मार्ने) औषधिले प्रयोगशालामा ४८ घन्टा भित्र कोरोना भाइरस पनि मार्न सफल भएको तथ्य पत्ता लगाएका छन् ।

बैज्ञानिकहरुले उक्त सामान्य प्यरासाइटिक ड्रग्सले सार्स – कोभ –२ भाइरस ४८ घन्टा भित्र मरेको दावी गरेका हुन् । सेल कल्चरमा वृद्धि भइरहका भाइरस मार्न सो औषधि निकै प्रभाबकारी भएको पाइएको हो ।

इभर्मेक्टिन नामक सो औषधि औषधि तथा खाद्यान्न निकायबाट प्रयोगका लागि अनुमति प्राप्त हो ।यस औषधिलाई एचआइभि , डेंगु , इन्फ्लुएन्जा र जिका भाइरस रोगीहरुको उपचरका लागि पनि प्रयोग हुने गरेको बुझिएको छ ।

मोनास युनिभर्सिटीले गरेको यस अध्ययन लाई जर्नल एन्टिभाइरल रिसर्चमा प्रकासित गरिएको छ । इभर्मेक्टिनको एक मात्राले दुई दिन भित्र सेल कल्चरमा बृद्धि हुने सम्पूर्ण कोरोना भाइरसको आनुवंशिक पदार्थ नष्ट गर्न सक्ने बताइएको छ ।

मोनास बायोमेडिसिन डिस्कभरी इन्स्टिच्युटका डा।केली वागस्टाफले भनेकी छन् , ‘ यसको एक मात्राले पनि सम्पूर्ण भाइरल आरएनए नष्ट गर्न सक्छ । तर अहिले भिट्रो (टेस्ट ट्युव भित्र गरिने जीव बिज्ञान अध्ययन) अध्ययन मात्र सकिएको र यसको मानव शरिरमाथि प्रयोग गर्न बाँकी नै रहेको छ । ’ अहिले विश्वका अन्य मुलुकहरुमा पनि बैज्ञानिकहरु कोभिड १९ को औषधि खोजिमा दिलोज्यान दिएर लागिपरेका छन् ।