आरोग्य फाउण्डेसकी नर्सको पोजेटिभ रिपोर्ट आएको पाँच दिनपछि… !


न्यूज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमण देखिएकी पहिलो नर्सको पछिल्लो परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनी पुल्चोकस्थित आरोग्य फाउण्डेशनमा कार्यरत नर्स हुन् । उनको पाँच दिन पछि कसरी नेगेटिभ रिपोर्ट आयो ?

उनी लकडाउन हुनु पहिलानै सुनसरी गएको र सुनसरीबाट वैशाख २९ गते काठमाडौं आएको बुझिउको छ । सुनसरीबाट आएपछि कोरोना परिक्षण पछिमात्र अफिस आउन सल्लाह पाएपछि उनले निदान अस्पतालको एम्बुलेन्स मार्फत परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र भक्तपुर कोठामा जान २ पटक आवत जावत गरेकी थिईन् । उनको रिपोर्ट पोजेटिभ आएसँगै कन्ट्रयाक टे«सिङका लागि फाउण्डेसन र अस्पताल २ दिन सम्म शिल्ड गरिएको थियो ।

कन्ट्रयाक टे«सिङ लिएका एम्बुलेन्स चालक, उनका साथी, अस्पताल परिवार, उपचाररत अन्य बिरामी र बिरामीका आफन्त सबैको रिपोर्ट नेगेटिभ आएसँगै निदान अस्पताल र आरोग्य फाउण्डेसन सुचारु गरिएको थियो ।

पाँचदिन अघि उनको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो पाँचदिनपछि पुनः परीक्षण गरिएको दोस्रो रिपोर्ट नेगेटिभ आयो । यति छिटो कसरी पोजेटिभबाट नेगेटिभ भयो भन्ने प्रश्न उब्जिएको छ ।