कोरोना ट्रेसिङमा खटिएका डाक्टरमा संक्रमण


काठमाडौं, (नेस)

कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका २७ मध्येका एक जना चिकित्सक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रही काठमाडौं र विभिन्न जिल्लामा नमुना संकलनका क्रममा खटिँदै आउनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित ललितपुर निवासी डाक्टर पछिल्लो समय कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा कपिलवस्तुमा खटिनुभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मंगलबार संक्रमित भएका २७ मध्ये ५ जना काठमाडांै उपत्यकाका रहेका छन् ।

फिल्डमा खटिएका डाक्टरमा संक्रमण देखिएको यो पहिलो घटना भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको भनाइ सार्वजनिक भएको छ ।