पाकिस्तानमा कोरोनाभाइरसबाट ४३ हजार ९६६ सङ्क्रमित

0
Shares

इस्लामावाद ।

पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४३ हजार ९६६ पुगेको मङ्गलबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा एक हजार ८४१ व्यक्ति सङ्क्रमित भएका छन् । सङेक्रमितमध्ये ९३९ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ भने ३६ सङ्क्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पाकिस्तानको सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा १७ हजार २४१ व्यक्ति सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पञ्जावमा १५ हजार ९७६, ख्यबर पाकतुङ्ख्वामा छ हजार २३०, बालोचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये १२ हजार ८८९ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।