प्रदेश १ मा ३ हजार ३ सय पीसिआर परीक्षण

0
Shares

न्युज अफ नेपाल,विराटनगर ।

प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।