मकैमा फौजी किरा,गल्याङ नगरपालिकाद्वारा अनुगमन

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने फौजी किराको प्रकोप गल्याङ नगरपालिकाका कृषकका मकैमा देखा परेपछि नगरपालिकाले अनुगमन गरेको छ ।

गत बर्ष देखि गल्याङ नगरपालिका देखा उक्त किराले यस बर्षको मकैमा पनि असर पार्नसक्ने गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिव ढकालले जानकारी दिनुभयो । कृषकको गुनासो आउन थालेपछि अनुगमनको लागि निस्किएको उहाँले बताउनुभयो । गुनासो आएका कृषकका खेतबारीमा गएर अनुगमन गरिरहेका छौ । अनुगमन पछि पालिका बुझाएको रिपोटका आधारमा पालिकाले यस किराको नियन्त्रणबारे केही निर्णय गर्न सक्ने उहाँको भनाइ थियो ।

गतबर्ष गल्याङ नगरपालिकाको बेलचौर ,जिमुवा,टेक्रे लगायतका ठाउँमा करिब घछ,द्धण् रोपनीमा देखा परि नियन्त्रण गरिएको र यस बर्ष पालिका धेरै ठाउँमा देखा परेको उहाँको भनाइ थियो । यो दुई तीन दिनमा आठ नौ ठाउँ बाट यहीँ समस्य सम्बन्धित फोन आएको हुँदा यस पटक पलिकाका सबै क्षेत्रमा देखिएको उहाँले बताउनुभयो । रातिमा सक्रिय हुने यो किरा सबै सिजनमा हुने मकैमा देखा पर्ने ढकालले जानकारी दिनुभयो । फौजिको आक्रमण सैलिमा किराले मकैलाई आक्रमण गर्ने भएको हुँदा यस किराको नाम फैजी किरा रहेको उहाँको भनाइ थियो ।

उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई ढकालको सुझाव छ । एक मकैबाट अर्को मकैमा सर्ने हुँदा सुरु हुन साथ यसको रोकथाम तिर लाग्न उहाँको सुझाव छ । किरा लाग्न साथ एक दुई बोटमा मात्रै भए हातले मिचेर निवारण गर्न सकिने र अलि बढी भए खरानी र बालुवा मिलाएर गुभामा छर्ने र त्यो भन्दा धेरै भए निम जन्य बिषादी प्रयोग गरेर निवारण गर्न सकिने छ अन्तिममा रासायनिक बिषादि प्रयोग गरेर भएपनि यसको निवारण गर्नुपर्ने ढकालको सुझाव छ ।