लकडाउनको उलंघन गर्दै करोडौको सुर्ति जन्य वस्तुको ओसारपसार गर्ने ट्रक प्रहरी नियन्त्रणमा

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।

लकडाउनको उलंघन गरी कैलाली बाट नेपालगञ्ज तर्फ लैजादै गरिएको १ करोड २५ लाख भन्दा वढि मुल्यको सुतिजन्य पदार्थ बर्दिया प्रहरीले बरामद गरेको छ ।

कैलाली बाट नेपालगञ्ज तर्फ लैजादै गरिएको अवस्थामा भे १ क ५११ नम्वरको ट्रकमा ४ हजार १ सए २५ किलो , से १ क ८०० नम्वरको ट्रकमा १ हजार ६ सए ८७ किलो र भे १ क ६३१ नम्वरको ट्रकमा ४ हजार ८ सए ७५ किलो सहित जम्मा १० हजार ६ सए ८७ किलो मेघाश्री सुर्तिजन्य पदार्थ बर्दिया प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट २ वटा र बासगढि नगरपालिकाको वासगढि बजार क्षेत्रबाट १ ट्रक गरी जन्मा ३ वटा ट्रक प्रहरीले गएराति निययन्त्रणमा लिएको हो ।

यसरी प्रहरीले लकडाउन उलंघन गरी नियन्त्रणमा लिएको मेघाश्री सुर्तिको मुल्य १ करोड २५ लाख १९ हजार ६ सए ९२ रुपैयाको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले जानकारी दिनुभयो ।

लकडाउनको अवस्थामा उपभोत्ताको लागी अत्याबश्यक खाद्यान्न, फलफुल, तरकारी, निर्माण सामाग्री, कृषि तथा पशुपंक्षी पालन जन्य बस्तु आदिलाई मात्र ओसार पसार गर्न खुला गरिएकोमा मानव स्वास्थ्यका लागी अत्यन्त हानिकारक र अनावश्यक बस्तु सुर्ति जन्य पदार्थको भारीमात्रमा रातिको समय पारेर ओसार पसार गरिनु लकडाउनको आदेशको घोर उलघंन गरिएको हो ।

यसअघि पनि प्रहरीले वासगढि इलाका क्षेत्र बाट एक ट्रक सुर्तिजन्य वस्तु नियन्त्रणमा लिएको थियो । भारतमा सुर्तिजन्य वस्तुको पुर्ण प्रतिवन्ध लगाएपछि लुकिछिपि तस्करी गरेर सुर्तिजन्य वस्तु नेपाल भित्राइने गरेको पनि सुर्ति जन्य वस्तुका पारखी “सेवनकर्ता”” बाट थाहा भएको छ ।