‘शिल’ गरिएको क्रिमसन अस्पतालवाट २९ जनाको स्वाव संकलन

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पताल शिल गरेसंगै मंगलवार २९ जनाको पिसिआर परिक्षणकका लागि स्वाव सकंलन गरिएको छ ।

अस्पतालमा उपचाररत एक पुरुषमा कोराना सक्रमण पुष्टि भएपछि अस्पताल सोमवार साझँवाट पुरै शिल गरिएको थियो ।गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो ।

शिल गरिएको अस्पतालवाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकवाट काम गरेका चिकित्सक ,अस्पतालका कर्मचारी र विरामीका सहयोगिको स्वाव सकंलन गरिएको हो ।

कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको एमरजेन्सी, आईसियू र वाडमा कार्यरत २६ जना र विरामीका सहयोगि ३ जनाको स्वाव संककलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।

सोमवार कोरोना संक्रमित देखिएकका गुल्मी मदाने ६ का शिक्षको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो । उनी यही जेठ १ गते जण्डिस रोगको उपचारकालागि गुल्मीबाट बुटवल आएका थिए,। उनको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको ।अस्पता ल शिल गरिएपछि कसैलाई पनि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन ।