भक्तपुर पत्रकार महासंघलाई थर्मल गनसहित स्वास्थ्य सुरक्षा सामग्री

0
Shares

पुष्करराज बुढाथोकी,भक्तपुर ।

सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई ज्वरो नाप्ने थर्मल गण सहित स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । एसोसिएसनका अध्यक्ष रमण कायस्थ सहितको टोलीले आज महासंघको कार्यालय सल्लाघारीमै आएर उक्त सामग्री महासंघ जिल्ला शाखा अध्यक्ष पुष्करराज बुढाथोकीलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष हरि रन्जितकार,सचिब सुदर्शन पराजुली,प्रबत्ता आशिष प्याकुरले र कार्यसमिति सदस्य द्धय श्रीधर अर्याल र महेश खातीको सहभागिता रहेको थियो ।महासंघलाई हस्तान्तरण गरिएका सामग्रीमा थर्मल गण एक थान,सर्जिकल माक्स र ग्लोब्स एक एक हजार पिस र ५० थान सेनिटाईजर रहेको छ ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष कायस्थले कोरोना संक्रमणकाबीच अग्रमोर्चामा रहेर जनतालाई सचेत पार्ने भूमिका निर्वाह गरिरहेका पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनुभयो । महासंघका जिल्ला अध्यक्ष बुढाथोकीले एसोसिएसनका अध्यक्ष कायस्थ सहितका पदाधिकारी र सदस्यलाई धन्यवाद दिंदै उपलब्ध सामग्री कार्यक्षेत्रमा सकृय महासंघका सदस्य तथा पत्रकारलाई प्राथमिकताका आधारमा बितरण गरिने बताउनुभयो ।

सो अवसरमा जिल्ला शाखाका पदाधिकारी, कार्यसमितिका सदस्य,केन्द्रीय पार्षद तथा प्रदेश पार्षदको सहभागिता रहेको थियो ।
सोही अवसरमा एसोसिएसनले गठ्ठाघरबाट संचालित नमस्ते ख्वप टेलिभिजनका लागि टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठलाई एक थान थर्मल गण प्रदान गरेको छ ।