पर्वतको मालढुंगा नजिक राजाको बगरमा महिला मृत फेला

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

जिल्लाको कुश्मा नगरपालिका वडा न १ राजाको बगरमा एक महिला मृत फेला परेकी छन् । म्याग्दी जिल्ला को रघुगंगा गाउँपालिका वडा नं ३ बस्ने ३२ बर्षिया विष्णु जैसी मंगलबार बिहान मृत अबस्थामा फेला परेकी हुन् ।

स्थानियबासीले कालीगण्डकी नदीको बिच भागमा महिलाको शब भएको खबर गरेका थिए । मृतक महिलाले घरमा सुसाईड नोट लेखेर बिहान ५ बजे घरबाट हिडेको र कालीगण्डकीमा हामफालेर आत्महत्या गरेको बुझिएको छ । महिलाको शबको पर्वत जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।