कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल

0
Shares

यमलाल भुसाल,बुटवल ।

गुल्मी मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पताल पुर्णरुपमा शिल गरिएको छ ।उनि शिक्षक हुन ।

अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन अन्य रोगका विरामिहरुलाई निकालिएको छ । भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ ।

उनी यही जेठ १ गते जण्डिस रोगको उपचारकालागि गुल्मिबाट बुटवल आएका थिए,। उनको क्रिमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार गराईरहेका थिए ।