सिरहमा लागु औषधसहित एक जना पक्राउ

0
Shares

सुभेन्द्र दास,लहान ।

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वडा नं. १५ बाट लागुऔषधसहित मिर्चैया नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय आमोद भन्ने विजय कुमार यादवलाई पक्राउ गरेको हो ।

स २ प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।