सिरहामा एक जनाको अरडीटी रिर्पोट पोजेटिभ

0
Shares

सुभेन्द्र दास,लहान ।

सिरहामा कोरोना संक्रमणको शंकामा क्वारेन्टाइन बसेका एक जनाको आरडीटी परिक्षण रिर्पोट पोजेटिभ देखिएको छ । चेक जाँच गरिएको व्यक्तिको सोमवार अरडीटी रिर्पोट पोजेटिभ आएको हो ।

पोजेटिभ रिर्पोट आएको व्यक्तिको स्वाव परिक्षणका लागि काठमाडौँ पठाएको छ । केही दिनमा पिसिआार परिक्षण रिर्पोट आएपछि मात्र कोरोना संक्रमित भएको अथवा नभएको प्रमाणित हुन्छ ।

हल उक्त व्यक्तिलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालमा राखिएको सिरहा स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो । सिरहा जिल्लामा हाल एक व्यक्ति मात्र कोरोना संक्रमित रहेको छ ।