अर्घाखाँचीको छाँया पोलिक्लिनिकलाई सिल गरियो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका पुरुषले सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा जाँच गराएको थप उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर

भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आईसीयूमा उनको उपचार भइरहको छ । ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ नगएको भए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दो पाइएपछि अस्पतालबाटै स्वाब सङ्कलन गरिएको थियो र उनमा कोरोना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल पनि सिल गरिएको छ ।