बागमती प्रदेशको प्रदेशसभा बैठक जेठ १२ गते

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेशको प्रदेशसभाको छैटौं बैठक जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

कोरोनाको त्रासका कारण भौतिक दुरी कायम गरेर बैठक बस्ने तयारी गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा सोमबार बसेको बैठकले पोष्टबहादुर सुरुङ (भीमफेदी–कुलेखानी) मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परियोजनाको रुपमा समाबेश गरी संघीय सरकारको सहलगानीमा निर्माणका लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।