अर्यालद्वारा राम्दीमा रहेको हेल्थडेस्कलाई गम्बुट प्रदान

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

चारनम्बर प्रदेशको मुख्यनाका गल्याङ नगरपालिका एक राम्दीमा रहेको हेल्थ डेक्सलाई नेकपा जिल्ला सदस्य जीवन अर्यालले १० सेट गम्बुट प्रदान गर्नुभएको छ । स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई गम्बुटको आवश्यकता देखेपछि अर्यालले बुवा ढाकाराम अर्यालको जन्म दिनको अवसर पारेर उक्त सहयोग गरेको जानकारी दिनुभयो ।

साबिक नेकपा एमाले लेखा आयोगका केन्द्रिय सदस्य रहनु भएका ढाकाराम अर्यालको उपस्थितमा सहयोग हस्तान्तरण भएको थियो ।
गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ अर्यालको उपस्थितमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुले निकै आवश्यक सामग्री उपलब्ध गराइदिनु भएकोमा अर्याललाई धन्यवाद दिनुभयो ।

आवश्यक सामाग्री उपलब्ध गराइदिनु भयो अब सेनिटाइज गर्ने रड पनि उपलब्ध गराइदिनुभयो भने अझै सहज हुन्थ्यो । अहिले काम गरिरहे रड छोटो भएको हुँदा गाडीहरुमा सेनिटाइज गर्दा आफै माथी पर्ने हुँदा त्यो रड लामो भयो भने त्यसबाट पनि सुरक्षीत हुने उहाँहरुको भनाइ थियो ।

कोरोना भाइरस ( कोभिड १९ ) कारण देश लकडाउन भएको अवस्थामा बिपन्न बर्गलाई सहयोग होस् भनेर नेकपा स्याङ्जा जिल्ला सदस्य अर्यालले विभिन्न ठाउँमा सहयोग गर्नुभएको छ । माणी नगरपालिका, कृतिपुर नगरपालिका, वालिङ् नगरपालिका र नेकपा जिल्ला कमिटी स्याङ्जालाई पाँच पाँच हजार सहयोग गर्नुभएको छ भने गल्याङ नगरपालिकालाई पाँच हजार सहयोग गर्ने योजनामा रहेको अर्यालले जानकारी दिनुभयो ।