खुमा अर्याल फाउन्डेसनद्वारा स्याङ्जामा चौथो चरणको राहत वितरण

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले सामाजिक उत्तरदायित्व बहन गर्दै बिस्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमण लाई मध्यनजर गरेर स्याङ्जा जिल्लाका विभिन्न स्यास्थ्यकर्मी तथा सुरक्षाकर्मी र कर्मचारीहरुलाई लक्षित गर्दै स्याङ्जामा चौथो चरणको राहत कार्यक्रम सम्पन्न गरेको छ ।

खिलुङ कालिका एग्रोफार्मका निर्देशक एवं फाउन्डेसन सदस्य शोभाकान्त ढकालले हामी व्यावसायिहरु आफू जतिसुकै अफ्ट्यारोमा र संकटमा परेपनी यस खिलुङ कालिका एग्रोफार्म तथा खुमा अर्याल फाउन्डेसन समाज प्रती सधैं उत्तरदायि रहिआएको र आगामी दिनमा पनि यही समाज र समुदायसंग सुख दुखमा सङसङै रहिरहने उद्घोष गर्दै आइतबार करिब ३ लाख बराबरको स्वास्थ्य सामग्री स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ लाई हस्तान्तरण गर्नुभयो ।

जसमा ७० थान पिपिइ १०० थान केएन-९५ मास्क, र २५ लिटर हाइपोकोरोराइड सोलुसन रहेको छ । फाउन्डेसनको सचीव ध्रुव शर्माले फाउन्डेसनको स्थापना गर्नुको उद्देश्यनै सधै समाज र देशको लागि केही न केही सामाजिक भाबले काम गरि समाज र रास्ट्र प्रति उत्तरदायी हुनु रहेको र सोही अनुसार फाउन्डेसनले निरन्तर कार्य गरिरहेको बताउनुभयो ।

यस्तै खालको उद्देश्य अनुरुपनै स्थापना कालदेखिनै विभिन्न खाले शिक्षा, स्वास्थ, रोजगार र अन्य क्षेत्रमा काम गरिरहेको फाउन्डेसनले बिगत बर्ष हरुमा विभिन्न सामाजिक काम गरेको थियो भने, यस कोरोना सन्क्रमण लाई लिएर पहिलो चरणमा फागुन महिनामै सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोक देखि स्याङ्जाको गल्याङ सम्म विभिन्न चोक, दोबाटो तथा मुख्य बजार क्षेत्रहरूमा कोरोना सम्बन्धि जनचेतना मुलुक रोड ब्यानर फ्लेक्स प्रिन्ट टासेको थियो, दोस्रो चरणमा स्याङ्जाको वालिङ नगरपालिका , भिरकोट नगर पालिका, चापाकोट नगरपालिका र राम्दी स्थित बृद्धआश्रमलाई १४ टन चामल हस्तान्तरण गरेको थियो भने तेस्रो चरणमा स्याङ्जाको क्रियाशिल पत्रकारहरुलाइ २५ थान प्रेस ज्याकेट र स्यानिटाइजर हस्तान्तरण गरेको थियो ।

स्याङ्जा जिल्ला भिरकोट ७ बलमाटाका समाजसेवी बौद्धिक ब्यक्तित्त्व उद्योगी सि।ए। खुमा प्रसाद अर्याल नेपाली कांग्रेसका संविधान सभाका समानुपातिक उमेदवार समेत हुनुहुन्थ्यो ।

उहाँकै नामबाट स्याङ्जामा यस फाउन्डेसन स्थापना गरिएको हो । खुमा प्रसाद अर्यालले स्याङ्जाको भिरकोट ७, बलमाटा आफ्नै गाउमा करिब एक अर्बको लगानीमा पोल्ट्री फार्म स्थापना गर्नुको साथै देशका विभिन्न स्थानमा मेडिकल कलेज लगाएत दर्जनौ उद्योग ब्यबसाय सन्चालन गरि दसौं हजार ब्यक्तिलाई प्रत्यक्ष रोजगार दिदै आउनुभएको छ ।

उहाँले बिगत धेरै बर्षदेखि स्याङ्जा लगाएत देशको धेरै सामाजिक क्षेत्रमा विभिन्न खाले सहयोग गर्दै आइरहनुभएको थियो भने स्याङ्जा जिल्लामा समाजिक क्षेत्रमा सहयोग गर्ने ब्याक्तीहरु मध्य उहाँ अग्रपङ्तीमा हुनुहुन्छ ।