स्थानीयको घरदैलोमै राहत पुर्याउँदै कांग्रेस नेताहरु

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

कोरोना भाईरसको डर र लकडाउनको कहर कहिले टुंगिने हो कुनै निश्चित छैन तर लक डाउन लम्बिदै जाँदा मध्यमबर्गीय परिवारको घरमा एकातिर खाद्यान्न सकिन थालेको छ भने अकौतिर खल्तीमा पैसा रित्तिन थालेको छ ।यस खालका बर्गलाई पनि अब बिस्तारै दैनिक जीवन यापनमा समस्या देखिन थालेको छ ।तर उनीहरुलाई आफ्नो बाध्यता बताउन पनि निकै कठिन छ ।

फेरि कतिपय बिकसित देशको जस्तो कठिनाईका बेला जनतालाई आर्थिक तथा खाद्यान्न सहुलियत दिने या निशुल्क या सहज रुपमा अनुदान दिने ब्यबस्था पनि हाम्रो देशमा छैन । यही बाध्यतालाई मध्यनजर गर्दै मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी रहनु भएका समाजसेवी अष्टकुमार कबेको अगुवाईमा स्थानीयको घरघरमै राहत सामग्री पुर्याउने अभियान थालिएको छ ।

अब राहत डेरावाललाई मात्र होईन समस्यामा परेका घर भएका स्थानीय बासिन्दालाई पनि यो अभियानको मुल मर्म छ ।निर्वाचनका बेला जसैगरी नेताहरुले घरदैलोमा अमुल्य मत माग्न घरदैलोमा पुगेका थिए त्यसैगरी आज पनि कोरोना सन्त्रासकाबीच लकडाउनले दैनिक जीवन यापनमै कठिनाई उत्पन्न भएका स्थानीयलाई आपैmले काँधमा राहत बोकी दरदैलोमै पुर्याईरहेका छन्,कांग्रेस नेताहरुले ।

घरदैलोमै स्थानीयको घरघरमा राहत पुर्याउँदा एकातिर भिडभाड नहुने र लक डाउनको पनि पालना हुने र अर्कोतिर स्थानीयलाई सबैले देख्ने गरी लाईन बस्न पनि नपर्ने, त्यही भएर यो मोडल अपनाएको बताउनुहुन्छ नेता कबें।प्राप्त गर्नेहरुको सम्मानका लागि उहाँहरु बिबरण आफूहरुसँग मात्र गोप्य राखिएको र प्राप्त गर्नेहरुको फोटो खिच्न पनि निषेध गरिएको नेताहरुको भनाई छ ।बास्तबमा यो बेला गरीखाने धेरैलाई लकडाउनका कारण समस्या भएको छ तर समस्या बताउन कठिन छ ।

राहत बितरणमा कसैलाई भेदभाव नगरिएको र समस्यामा परेका जो कोही स्थानीयलाई प्रदान गरिएको अर्का नेता सन्तोष भट्राई बताउनुहुन्छ ।स्थानीय वडाका वडाध्यक्ष तथा सदस्यहरुबाट स्थानीयलाई आवश्यकताका आधारमा नाम संकलन गरिएको र सोही अनुसार घरदैलोमा राहत पुर्याईएको भट्राईको भनाई छ ।

कबेको नेतृत्वमा कांग्रेसका नेता तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, वडा नं.२ का वडाध्यक्ष प्रेम कुटु,३ का वडाध्यक्ष राम थापामगर ,बिनु केसी तथा परमेश्वर थापा, बिजय खड्का लगायतको अथक प्रयासबाट यो अभियान शुरू भएको हो ।
अभियानमा नेपाली कांग्रेसका नेता तथा पार्टीका पुर्व िजल्ला सभापति महेश श्रेष्ठ, मथिनपाकै पुर्व प्रमुख मदनकृष्ण श्रेष्ठ,नेता ओमप्रकाश श्रेष्ठ, अनिल श्रेष्ठ, पुर्णकृष्ण श्रेष्ठले पनि साथ दिनुभएको छ ।राहत बितरण अभियान आवश्यकताका आधारमा मथिनपाका सबै वडामा संचालन गर्ने नेताहरुको भनाई छ ।

जस अन्तर्गत हाल सम्म रु १५ लाख मुल्य बराबरको राहत बितरण गरिएको छ ।हालसम्म नगरपालिकाका ४ वडाका ३ सय ५० परिवारलाई,५ वडाका २ सय ५२ परिवारलाई,६ १ सय ७० परिवारलाई र७ वडाका १ सय ७० परिवारलाई चामल,दाल,आलु,नुन ,तेल लगायतको खाद्यान्न बिरतण गरिसकिएको अभियानले जनाएको छ ।

वडा नं.९ र ८ मा शीघ्र बिरण गर्ने कार्यक्रम रहेको छ भने १,२ र ३ मा वडाध्यक्ष र नेताहरुले आफैं आवश्यकताको पहिचान गरी दिएको र फेरि पनि दिने बताएकाले यो अभियान हाल संचालन गरिएको छैन तर माग भएमा नगरपालिकाभर जहाँ पनि यो अभियान संचालन गरिने नेतहरुको भनाई छ ।

नेताहरु जनताका साशक हैनन् सेवक हुन् भन्ने सन्देश दिनका लागि पनि नेताहरु आफैं काँधमा राहतको पोका बोकेर घरदैलोमा गएको नेता कबे बताउनुहुन्छ ।स्थानीयबासिन्दाहरूले लकडाउनको क्रममा राहतको प्याकेज नपाएको गुनासो आईरहेकोले यो अभियान संचालन गरेको नेताहरुको भनाई छ ।

अभियानमा हरिदास प्रजापति,ओमप्रकाश श्रेष्ठ, प्रलाद कार्की,बालकृष्ण मद्यो, बलराम प्रजापति, अनिश श्रेष्ठ, राजेश प्रजापति, बिनोद श्रेष्ठ, राजन प्रजापति, आशाहरि प्रजापति, राजभाई प्रजापति, कन्यामन्दिर प्रजापति लगायत धेरैको साथ छ । इसमा बिभिन्न वडाका जनप्रतिनिधिहरू,कार्यपालिका सदस्य तथा पार्टिका विभिन्न तह र तप्कामा रहनु भएका नेता कार्यकर्ताहरूको पनि भूमिका कम नरहेको नेताहरुको भनाई छ । नेता अष्ट कबे हरेक संकटमा मानवीय भावनाका साथ जिल्लामा राहत प्रदान गर्ने सन्दर्भमा बिशेष सकृय रहँदै आउनुभएको छ ।