लकडाउनले नलगाडको मुआब्जा वितरण हुन सकेन


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट नलगाड जलविद्युत आयोजनाको निकासा भईसकेको मुआब्जा रकम तत्काल वितरण गर्न माग गरिएको छ । कोरोना भाईरस कोभिड १९ का कारण देशनै लक डाउन भएपछि नलगाड जलविद्युत आयोजनाको निकासा भईसकेको मुआब्जा वितरणको काम रोकिदा मर्कामा परेको भन्दै लाभान्वित स्थानियले सामाजिक दुरी कायम गरी रकम वितरणको कामलाई शुरु गर्न सरकारसग माग गरेका छन् ।

नलगाड हाइड पावर कम्पनी लिमिटेडलाई मुआब्जा वितरणको लागी गत वर्षको साउनमा नेपाल सरकारवाट २ अर्ब ६३ करोड रकम प्राप्त भएको रकम वितरण नभएर विभिन्न वहानामा रोकिएको भन्दै स्थानियहरु जनताको रकम वितरणमा ढिलाई गर्न नहुने वताएका छन् ।

आयोजना बाँध शुरुङ निर्माण हुने बारेकोट गाउँपालिकाको प्रभावित क्षेत्रको चार हजार ६ सय ५ दशमलव २ रोपनी जग्गा तिन हजार नौ सय ३३ कित्ताको रुपमा अधिग्रहणमा परि मुआब्जा वितरणको काम शुरु गर्न लाग्दा लक डाउनको कारण रोकिएको नलगाड हाईड पावर कम्पनी लिमिटेडले जनाएको छ । मुआब्जा रकम तत्काल वितरण गर्न स्थानियले माग गरेका छन् ।

बारेकोट गाउँपालिका ८ का जलन सिहले सरकारले निकासा दिईसकेको रकम वितरणमा ढिलाई गर्न नहुने वताउदै तत्काल सम्वधित व्यक्तिहरुको खातामा रकम जम्मा गरिदिन माग गर्नु भएको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले लक डाउनको नाममा जनताको नाममा आएको पैसा कुनै संस्थाको फाईदा र नाफाको लागी लामो समय राख्न नहुने वताउनु भयो । लक डाउनकै अवधिमा पनि सामाजिक दुरी र पालना गर्नु पर्ने नियमहरु पालना गरेर मुआब्जा रकम तुरुन्त वितरण गर्नु पर्ने वताउनु भयो ।

नेपाली काग्रेसका नेता तथा स्थानिय वेदराज सिहले सरकारले मुआब्जाको लागी दिएको रकम कम्पनीको खातामा आएर व्याज वढीरहेकोले लक डाउनमा पनि सामाजिक दुरी कायम गरेर मुआब्जा वितरणको कामलाई अगाडी वढाउन आग्रह गर्नु भयो । जनताको नाममा आएको रकम लामो समय कम्पनीको खातामा रहेकोले यसलाई छिटो वितरण गरी जनताको हातमा पार्न सरोकारवालाहरुले पहल गर्नु पर्ने नेता सिहले वताउनु भयो ।

नलगाड हाईड पावर कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक रामगोपाल लगाजुले मुआब्जाको रकम वितरण कम्पनीका कारण ढिला नभएको वताउनु भयो । जिल्ला प्रशासन कार्यालयले तत्काल वितरण गर्न सक्छौ भन्ने वित्तिकै रकम पठाउने तयारीमा आफुहरु रहेको वताउनु वताउनु भयो ।

मुआब्जाको लागी सरकारले दिएको रकम कम्पनीको नाममा अक्षयकोष वनाएर राखिएको र व्याज बापत प्राप्त रकम मुआब्जा वितरणमै खर्च गरिने उहाँको भनाई रहेको छ ।

सरकारी कोषको रकम कसैले पनि प्रयोग गर्न नपाउने भन्दै निमित्त कार्यकारी निर्देशक लगाजुले वाहिर हल्ला भए जस्तो मुआब्जा वितरण कम्पनीको कारणले ढिलाई नभएको वताउनु भयो । एक दुई दिनमै जिल्ला प्रशासन कार्यालयको नाममा पठाउन लागेको वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले लक डाउनको अवधिमा मुआब्जा वितरणको काम हुन नसक्ने वताउनु भयो । नापी मालपोत कार्यालयहरु वन्द रहेकाले लक डाउन अवधिमा सरोकारवालाहरु भेला हुन नसक्ने भएकोले अहिले मुआब्जा वितरणको काम हुन नसक्ने वताउनु भयो ।

आयोजना निर्माण गर्नको लागी ६ हजार रोपनी जग्गा अधिग्रहण गरेर १ सय ५० परिवारलाई विस्थापित गर्नु पर्ने आयोजनाले जनाएको छ । मुआब्जा पाउने सवैको बैकहरु गाउँमै गएर खाता खोलि सकेका छन् ।

परामर्षदाता कम्पनीको ढिलासुस्ती, सरकारी निकायको निरन्तर अनुगमणको अभावले डिपिआरको काम शुरु भएको ५ वर्ष सम्म पनि अधुरै रहेको छ ।

लक डाउनका कारण मजदुर र निर्माण सामाग्रीको अभावले डिपिआर निर्माणको काम रोकिएको आयोजनाका ईन्जिनियर पदम थापाले वताउनु भयो । निर्माण सामाग्री भारतवाट ल्याउनु पर्ने र मजदुरहरुको अभावले डिपिआरको काम रोकिएको बताउदै अन्य कामहरु भईरहेको उहाँको भनाई रहेको छ ।