कोरोनाबाट मृत्यु भएकी सुत्केरीको परिवारको रिपोर्ट आयाे


न्युज अफ नेपाल, काठमाडौं ।

बिहिवार कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ बर्षीय महिलाको नवजात शिशु सहित, श्रीमान, आमा र बहिनी सबैको धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको काभ्रे स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी गराउनुभयो ।

रिपोर्ट नेगेटिभ आएका चारै जना अहिले धुलिखेल अस्पतालको आईसुलेसनमा हुनुहुन्छ । मृतकको जेठो छोरा र सासुको भने हिजो स्वास्थ्य मन्त्रालयबाट खटिई गएको टोलीले स्वाब नमूना संकलन गरिसकेको र रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।

रिपोर्ट आईसकेकाको बारेमा पनि परिवारलाई भने अहिले सम्म जानकारी गराई नसकेको आईसुलेसनमा रहेका परिवारका सदस्यले जनाएका छन् । अस्पतालका प्रवक्ता तथा प्रसुति विशेषज्ञ डा.सुमन ताम्राकारले पनि रिपोर्ट नेगेटिभ आएको र बच्चाको अवस्था पनि सामान्य रहेको बताउनुभयो ।