ललितपुर महानगरपालिकाका दुबै सफाईकर्मीको पीसिआर रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाका दुबै जना सफाईकर्मीहरुको पीसिआर टेस्ट नेगेटिभ आएको छ । पाटन अस्पतालका अनुसार सफाईकर्मीको पीसिआर टेस्ट नेगेटिभ आएको ललितपुर महानगरपालिका ¥यापिड रेस्पोन्स टिमकी फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिनुभयो ।

शनिवार गरिएको आरटीडी टेस्टमा नतिजा पेजेटिभ आएपछि सफाइकर्मीलाई पाटन अस्पतालको आइसोलेसनमा राखेर पीसिआर टेस्ट गरिएको उहाँले बताउनु भयो ।