भक्तपुरका २८ पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ

0
Shares

पुष्करराज बुढाथोकी,भक्तपुर ।

भक्तपुरका २८ पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका २८ पत्रकारको पिसिआर परिक्षण अन्तर्गत शुक्रवार स्वाव संकलन गरिएको थियो । मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परिक्षण गरिएको थियो ।

अस्पतालले कोरोना परीक्षणका लागि स्थापना गरेको पीसीआर मेशिन सहितको ल्याबमा स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नगेटिभ आएको मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । जिल्लाका बिभिन्न गतिविधिमा अग्रभागमा रहेर काम गर्ने क्रियासिल पत्रकारहरुको कोरोना परीक्षण स्वरुप स्वाव संकलन गरिएको थियो ।

यस अघि सोहि ल्यावमा नगरपालिकाका जनप्रतिनिधिका अलवा अलडाउन शुरु हुनुअघि विदेशबाट मध्यपुर फर्किएका करिव एक सय बढीको पिसिआर परिक्षण गरिएको थियो । ती सबैको नतिजा नगेटिभ नै आएको थियो ।

पाँच दिनअघि भक्तपुरमा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरानाको जाखिम बढेको छ । भक्तपुरको मध्यपुर थिमि–४ बस्ने एक नर्स तथा दुवाकोटस्थित सशस्त्र प्रहरी गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा संक्रमण पुष्टि भएको थियो ।