सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउने ढुङ्गाना प्रहरी नियन्त्रणमा

0
Shares

मिला दरै ,तनहुँ ।

सामाजिक सञ्जालमार्फत् कोरोना भाईरस (कोभिड–१९)को संक्रमित तनहुँमा भेटिएको भनि झुठा भ्रम पैmलाएर आतङ्क मच्चाउने एक युवक प्रहरीलाई नियन्त्रणमा लिइएको छ । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–७ नागदह स्थायी घर भई दमौलीको मालपोत लाइनमा बस्दै आएका ३४ वर्षीय नवराज ढुङ्कानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ढुङ्गानाका कन्सल्टेन्सी फर्म सञ्चालन गर्दै आएका ढुङ्गानालाई झुठा अफवाह फैलाउने नहुने शीर्षकमा आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकको आफ्नो व्यक्तिगत प्रोफाईल दमौलीमा कोरोना सङ्क्रमित तीन जनामा पुष्टि भएको र उनीहरुमध्ये एक जना तरकारी व्यापारी र एक जना किराना पसल सञ्चालन गरेका व्यापारी रहेको भन्ने भ्रामक विषय लेखी पोष्ट गरेकोले ढुङ्गानालाई नियन्त्रणमा लिइएको डिएसपी लामिछानेले बताउनुभयो ।

साथै ढुङ्गानाले व्यास नगरपालिका–१४ पोखरी भञ्ज्याङमा पनि एक जना कोराना सङ्क्रमित भेटिएको भन्ने झुठा एवं भ्रमित कुरा शनिबार फेसबुकमा पोष्ट गरी जनमानसलाई त्रसित बनाएको डिएसपी लामिछानेले बताउनुभयो ।