भारतद्वारा ३० हजार पीसीआर कीट सहयाेग


 न्युज अफ नेपाल, काठमाडाैँ ।

भारतले नेपाललाई कोरोना परिक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट अनुदानमा उपलव्ध गराएको छ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पीसीआर टेस्टीङ कीट उपलव्ध गराएका हुन्।

केहि दिनदेखि सार्वजनिक रुपमा नदेखिएका मन्त्री ढकाल कीट बुझ्ने कार्यक्रममा मन्त्रालयमा आएका थिए। माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु भारत सरकारको तर्फबाट उपलव्ध गराइएको हो।

पीसीआर टेस्टीङ कीटको अभाव भइरहेको बेला भारतले उपलव्ध गराएको कीटले परिक्षणमा धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गर्नुभएको थियो । पटकपटककाे औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीच सहकार्य रहेकाे प्रष्ट देखिन्छ ।

पीसीआर कीट बुझ्दै मन्त्री ढकालले आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिएका थिए।

भारतका विभिन्न कम्पनीले अहिले दैनिक दुई लाख कीट पीसीआर कीट बनाइरहेको भारतीय सन्चार माध्यमहरूले बताइरहेका छन।

 

भारतीय राजदूतावास काठमाडाैं

प्रेस विज्ञप्ति

भारतद्धारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पिसिआर टेस्ट कीट उपहार स्वरुप प्रदान भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले नेपाल सरकारका मान्नीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गर्नुभयो ।

भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् । 

गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गर्नुभएको थियो । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीचको जारी सहकार्यलार्ई दर्शाउँदछ ।

२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो । भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।

काठमाडाैं, नेपाल जेष्ठ ४, २०७७