लकडाउनलाई थप सशक्त बनाउने -प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् ।

शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेको ट्विट यस्तो छ

–कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।