राैतहटमा भेटिए १० जना काेराेना भाइरस संक्रमित, सक्रमितकाे संख्या २९१ पुग्याे


न्युज अफ नेपाल, काठमाडाैँ ।

आज  काेराेना भाइरसका १० जना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ ।

जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।

थपिएका दशै जना पुरूष रहेकाे मन्त्रालयकाे भनाइ छ । उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे छ ।

नेपालमा पहिलाेपटक काेराेना भाइरसबाट १ जनाकाे ज्यान समेत गएकाे छ । हालसम्म ३६ जना भने निकाे भइसकेका छन् र ३२० आइसोलेसनमा रहेका छन् ।