कोरोना भाइरसको महामारीमा भएको खेलमा डर्टमन्डको जीत

0
Shares

म्युनिख, (एजेन्सी)

बोरुसिया डर्टमन्डले कोरोनाभाइरस महामारीको समयमा फर्केको जर्मनीको बुन्डेसलिगामा शाल्केमाथि शानदार जित हात पारेको छ ।
शनिबार भएको डार्बी खेलमा बोरुसिया डर्टमन्डले शाल्केलाई ४–० ले हराएको हो । योसँगै जर्मनी बन्द रंगशालामा प्रमुख युरोपेली लिग खेलाउने पहिलो देश बनेको छ ।

डर्टमण्डको इडुना पार्क रंगशालामा हालान्डले २९औं मिनेटमा थर्जन हाजार्डको क्रसमा उनकै परम्परागत शैलीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । राफाएल गुइरीरोले दुई गोल गर्दा हाजार्डले एक गोल गरेका थिए । योसँगैं डर्टमन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिखमाथि १ अंकको दुरी बनाएर दवाव बनाएको छ ।

डर्टमन्डले २६ खेलबाट ५४ अंक जोडेको छ भने बायर्नको ५५ अंक छ । बायर्नले भोलि युनियन बर्लिनसँग खेल्नेछ । आजै अन्य खेल पनि सम्पन्न भएका छन् जसमा वोल्फस्बर्गले अग्सबर्गलाई २–१ ले हरायो । त्यस्तै हेर्था बर्लिनले होफेइनहेमलाई ३–० ले हराउँदा डसेलडर्फ र पाडरबर्न तथा आरबी लीपजीग र फ्रेइबर्गले बराबरी नतिजा बेहोरे । लीपजीग यो नतिजापछि डर्टमन्ड र बायर्नसँग क्रमशः ३ र ४ अंकले पछि परेको छ ।