खोटाङमा लकडाउन उल्लंघन गर्ने २९ जना प्रहरी नियन्त्रणमा

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेलवजारमा लकडाउन उल्लंघन गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सडकमा उभ्याएका छन् । शनिबार दिक्तेलवजारस्थित त्रिवेणी चोक, हस्पिटल चोक र वेसक्याममा लक डाउन उल्लघन गरि जथाभावी हिड्नेलाई नियन्त्रणमा लिएर ‘होल्ड’ गराइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद चिमरियाले जनाउनुभयो ।

उनीलाई समाजिक दुरी कायम गर्ने, लकडाउन आफैमा परिपालना गर्ने गराउने, जथाभावी हिडडुल नगर्ने, सुरक्षित रहने लगायतका विषयमा सचेतना दिइएको डीएसपी चिमरियाको भनाई छ । पछिल्लो समय मानिसले अटेरी गरि लकडाउन उल्लघंन गरेपछि प्रहरी ‘एक्सन’मा उत्रिएको हो । गत विहहिवार पनि दिक्तेलवजारमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले सडकवीचमा २ घण्टा उभ्याएका थिए ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्लामा थप सतर्कता अपनाउन लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले सडकमा उभ्याउन थालेको हो ।प्रहरीले लकडाउनमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन, हिडहुल नगर्न र अत्यावश्यकबाहेका पसल नखोल्न सर्वसाधरणलाई आग्रह गरेको छ । जिल्लामा लकडाउन उल्लंघन गर्ने संख्या बृद्धि भएपछि प्रहरीले कडाई गरेको हो ।