ताप्लेजुङमा भारतीय अतिक्रमणबिरुद्ध मोदीको पुत्ला दहन

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतीय अतिक्रमणबिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियुले शनिबार ताप्लेजुङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

अखिलका कार्यकर्ताले फुङ्लिङ बजारमा प्रर्दशन गर्दै नेपाली भूमीमा भारतीय हस्तक्षेप सैह्य नभएको भन्दै मोदी र भारत विरोधी नारा चर्काएका थिए । ‘कालापानी, लिपुपेक र लिम्पियाधुरा हाम्रै हो,गो ब्याक इण्डिया, नेपाली भूमी छोड्दैनौं, भारतीय हस्तक्षेप मुर्दावाद’ भन्ने नारासहित अखिलका कार्यकर्ताले नगर परिक्रमा पछि कोणसभा गरेर कार्यक्रम सकेका थिए ।

अनेरास्ववियुका जिल्ला संयोजक डिल्लीराम न्यौपानेले भारतीय बिस्तारवादको योजना सफल हुन नदिने उद्घोष गरे । नेपाली भूमी अतिक्रमणको बिरोधमा यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले पनि फुङ्लिङमा प्रर्दशन गरेको थियो ।