बीरगन्जका सबै संचारकर्मीको रिपोर्ट नेगेटिभ,परिवारका सदस्यमा पनि संक्रमण देखिएन

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

पर्साको वीरगन्जका दुई जना पत्रकारमा कोरोना भाइरस पुष्टी भएपछि उनीहरुको सम्पर्कमा रहेका सबै संचारकर्मी तथा संक्रमितको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । स्वास्थ्य मंत्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार वीरगन्जमा कोरोनाबाट संक्रमित दुई संचारकर्मीहरुको सम्पर्कमा आएका सबै पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको हो भने परिवारका सदस्यहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

दुईजना वीरगन्जका कृयाशिल पत्रकार भएका कारणले आफूहरुको सम्पर्कमा आएका सबै संचारकर्मी तथा परिवारका सदस्यहरुलाई कोरोना परिक्षण गर्न उनीहरुले सुझाएका थिए । उनीहरुकै सुझावका आधारमा दुईदिनअघि वीरगन्जको नारायणी अस्पतालमा उनीहरुको स्वाब परिक्षण गरिएको थियो । स्वाब दिएको दुईदिनपछि नतिजा सार्वजनिक भएको र परिक्षण गरिएका सबै पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

संक्रमित दुई परिवारका सदस्यहरुको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैका पत्नी सहित छोराहरुको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पनि संक्रमित पत्रकारहरुले नै सामाजिक संजाल मार्फत बताएका छन् ।

संक्रमित दुबैजना पत्रकारहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । आफूहरुमा कुनै स्वास्थ्य समस्या नभएको र बरु बस्नका लागि भने फोहोर बातावरणका कारण समस्या भएको र पोषिलो पदार्थ नपाएको बताएका छन् । पर्सामा दुईजना पत्रकार सहित संक्रमितको संख्या ९१ रहेको छ भने जसमध्ये तीनजना भारतीय निको भएर घर फर्किएका छन् ।