ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

0
Shares

मिला दरै,तनहुँ ।

भानु नगरपालिका–१ अधेरीखोला स्थित डुम्रे बेशीसहर सडक खण्डमा ट्याक्टरबाट खसेर मजदुरको मृत्यु भएको छ । सोही वडाको भन्सारका १८ वर्षीय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भन्सारबाट पुर्कोटतर्फ जार्दै गरेको ग१त ५५०२ नम्बरको ट्याक्टरबाट खसेर घाइते हुनुभएका परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

डिएसपी लामिछानेका अनुसार डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेकको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।