भुपराज बस्याल,स्याङ्जा ।
जिल्लाका हरेक पालिकाहरु भन्दा भिन्न तरिकाबाट काम गर्दै आएको फेदीखोला गाउँपालिकाले लकडाउनको समयलाई अवसरमा परिणत गर्न लागेको छ । कक्षा आठको रिजल्ट अनलाइन मार्फत प्रकाशन लगाएतका थुप्रै जिल्लामै नमुना कामहरु गर्दै आएको पालिकाले आथिक बजेटको चालिस प्रतिशत शिक्षा क्षेत्रमा खर्च गरे पनि अन्य पालिकाहरु भन्दा शिक्षासंगै हरेक क्षेत्रमा निकै अगाडि देखिएको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भएको र बिभिन्न पालिकाहरुले गाउँगाउँमा राहत प्याकेज बाढ्दै गरेका अवस्थामा यो पालिकाले खाधान्नको लागी रोजगार कार्यक्रम ल्याएर फरक पहिचान बनाएको छ ।
पहिलो चरणमा आवश्यकता अनुसार राहत बाढे पनि दास्रो चरणको लागी काम दिएर राहत दिने प्याकेज ल्याएको पालिकाले दैनिक ८ घण्टा काम दिदै दक्ष कामदारहरुको लागी दैनिक एक हजार अदक्ष र अर्धदक्ष कामदारहरुको लागी ८ सय दिदै आएको पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो तर असक्त हरुको लागि भने पलिकाले राहत दिदै आएको छ ।
जिल्ला प्रवेश नाका पर्ने उक्त पालिकाले हालसम्म करिव ३७ हजार ५ सयको स्वाथ्य परिक्षण गरी सेनीटाइजर समेत गरेको जनाएको छ । दिर्घ रोगीहरुको लागि औषधी मात्र नभएर अन्यत्र जानुपर्ने अवस्थामा यातायतको समेत व्यवस्था गरेको पालिकाले लकडाउनको अवधिमा ११ सय ४४ दिर्घ रोगीहरुलाई घरघरमा पुगेर औषधी बिवरण गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रको स्वाथ्यलाइ मध्यनजर गदै क्वारेनटाइनमा बसेकाहरुलाई एक हजार प्रोत्साहन भक्ता समेत दिदै आएको पालिकाले बैदेशिक रोजगारीबाट आफ्ना नागरिकहरु फर्किने अवस्थामा भएमा पालिकाको क्वारेनटाइनमा राख्न एरर्पाेटबाटै यातायातको सुविध मिलाइने अध्यक्षले सुवेदीले बताउनुभयो ।
लकडाउनका कारण गाउँगाउँमा उत्पादित कृषि सामाग्रीहरुलाई कृषि एम्बुलेन्स संचालन गरी बजार मुल्यमै कृषकबाट उठाउने र बजार मुल्यमै कृषकलाइ दिने व्यवस्था मिलाएको पालिकाले वडा न १ लाई मौरी पकेट क्षेत्र निर्माणको लागी ५० वटा मौरीघार समेत बिवरण गरेको छ ।
जसरी एउटा बिरामीलाई एम्बुलेन्समा राखेर हस्पीटल लगिन्छ त्यसरी नै कृषकवाट उत्पादित तरकारी पनि धेरे दिन राख्न नसक्ने हुदा कृषि एम्बुलेन्सबाट हालको सेवा दिइरहेको उहाँले बताउनुभयो । हरेक महिनामा ५ दिन जेष्ठ नागरिकहरुलाइ स्याहार सुसार कार्यक्रम अन्र्तगत १७ सय ११ जेष्ठ नागरिकहरुलाई घरघरमा पुगेर स्वाथ्य सेवा प्रदान गर्दै आएको पालिकाले लकडाउनको समयलाई मध्यनजर गर्दै सपटोर मार्फत पालिकाहरुको किराना पसलहरुमा समेत खाद्यान्न अडर गर्ने व्यवस्था समेत मिलाएको छ ।
लकडाउन म्यानेज म्यान्ट सिस्टम सप्टोर मार्फत बैदेशिक रोजगारीबाट फर्किनेहरुको डाटा संकलन गरेको पालिकाले बैदेशिक रोजगारीबाट फर्कनेहरुको लागि श्रम रोजगार कार्यक्रम मार्फत युवालाई पालिकामै रोजगार दिने निती लिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।











प्रतिक्रिया