काठमाडौँको मुटुमै छिर्यो कोरोना?

282
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको मुटु अर्थात काष्ठमण्डप, मरु, जैसिदेवल, हनुमानढोका दरबार स्क्वाएर, झोंछे आदि क्षेत्र । यस क्षेत्रबाट हिजो बिहीबार र आज प्रशासनले मानिस बोलाउँदै परीक्षणका लागि भनेर लगिरहेको छ ।

यहाँ तराई र भारतीय मुलका नागरीकहरुको बसोबास बढी मात्रामा रहेको छ भने कति यहाँ भित्रिएका छन र कति बाहिरीएका छन भन्ने तथ्यांक पनि यकिङ गरीएको छैन ।

बिहीबार र शुक्रबार मात्रै मरु, चिंकमुगलतिर संक्रमित भेटिएको भन्ने आशंकामा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अट्को नारायण र चिंकमुगल आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । तर, आधिकारिक रुपमा यस क्षत्रका कति व्यक्तिमा कोरोनाभाइरस देखियो निर्दिष्ट गरेको भने छैन ।

यस सम्बन्धमा अट्को नारायण स्थलका समाजसेवी रमेश श्रेष्ठले न्युज अफ नेपाललाई भन्नुभयो, ‘हामी चाहन्छौं, यस क्षेत्रमा कोरोना संक्रमित देखिए ठाउँ तोकेरै प्रशासनले जानकारी देओस्, हामी साबधानी अपनाउने छौं’ यो भाइरस नैतिक पतन देखिने काम गरेका कारण लाग्ने भए लुकाउनु पनि आवश्यक थियो, तर सज्जन डाक्टर, नर्स र सुरक्षाकर्मीहरु पनि यसबाट संक्रमित भएको अवस्थामा यो सहानुभूति पाउने माध्यम पो बनेको छ, उहाँले तर्क दिनुभयो ।

नेपालमा हालसम्म दुई सय ५८ जनामा कोरोनाभाईरसको संक्रमण देखिसकेको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एक–एक जना गरी तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पछिल्लो रिपोर्ट छ । यो संक्रमण देखिए सँगै उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् ।

नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वाप्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ ।

सरकारले विभिन्न नाकाहरुमा कडाइ गरेपनि मानिसहरु अझै पनि विभिन्न बहानामा काठमाडौं उपत्यका भित्रने प्रयास गरिरहेको पाइएको छ ।

त्यस्तैगरी, कोरोनाभाईरसबाट बच्नका लागी भनेर सरकारले लकडाउन गरेको ५३औँ दिन कटिसक्दा पनि काठमाडौँको मुख्य क्षेत्र मानिने काठमाडौँ महानगरपालिका वडा १९, २०,२१, २३, २४ मा भने यो लकडाउनले खासै असर पारेको थिएन ।

मनिसको जीवन यापनमा सहज होस भनेर सरकारले बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न दिएको छ ।

तर,यहाँका मानिसहरु बिहान होस वा बेलुका कोही तरकारी पसलमा भेटिन्छन त कोही चोकचोकमा तास, लुडो खेल्दै गरेका भेटिन्छन् । यसरी सडक वा चोकमा भेटिने मानिसहरुकाे हाउभाउले काष्ठमण्डपको मुटु क्षेत्रका भने लकडाउनकाे असर कमै मात्र देखिन्छ ।