नेकपा सचिवालय बैठक सुरु


न्यस अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

आज संसदमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ त्यसै विषयमा छलफल हुने बताइएको छ।

पटक पटक बैठक बोलाउने र स्थगित गर्ने गरिएको भन्दै स्थायी समिति सदस्यहरु असन्तुष्ट समेत हुँदै आएका थिए ।

यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो भने ३१ गतेका लागि बोलाइएको बैठक सुरुहुनुभन्दा डेढघण्टा अघिमात्र स्थगित भएको थियो ।