नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्याे


न्युज अफ नेपाल,काठमाडौं ।

शुक्रबार नेपालमा थप नाै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा थप ८ जना र मकवानपुरमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके, नैनापुर वडा १,३ र ५ का १८ २०,२२,२५,२५, २७,३२ र ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।

यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।