न्युज अफ नेपाल, नवलपरासी।
सिमावर्ती क्षेत्रका विभिन्न नाका हुदै भारत तर्फ निकासी गर्ने क्रममा समातिएको अवैध मदिरा विहिवार परासीमा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रनाउ बीरेन्द्र थापाका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिईएका ति मदिरा स्थानीय संचारकर्मीहरु मांझ नष्ट गरिएको हो ।
जिप्रकाको आफ्नै हाता भित्र खाडल खनेर नष्ट गरिएका मदिरामा सोफी २ हजार ५ सय सिसी, सुपरगिन्नी ५ सय ४० सिसी, स्टार १ हजार ९ सय ३० सिसी र घरेलु मदिरा ४ सय ४० लिटर रहेकोछ ।












प्रतिक्रिया