न्युज अफ नेपाल, नवलपरासी ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित आदर्श माविको क्वारेन्टाईनमा रहेका ३ जना विहिबार सांझ भाग्दा भाग्दै पक्राउ परेकाछन् ।
जिप्रका नवलपरासी पश्चिमका प्रहरी निरिक्षक होमनाथ रेग्मीका अनुसार क्वारेन्टाईन भवनको माथिल्लो झ्यालबाट तन्नाको डोरी वनाई भाग्दै गरेका उनीहरुलाई समातिएको हो ।
तिन दिन देखि क्वारेन्टाईनको एउटै कोठामा बस्दै आएका उनीहरुलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रयासका बारेमा सम्झाई बुझाई गरी पुनः कोठामै राखिएको रेग्मीले बताउनु भयो ।
देश लकडाउनमा रहेकै बेला सिमावर्ती मुलुक भारतबाट मानिसहरु आउने क्रम बढ्न थाले पछि यहांको क्वारेन्टाईनमा ४९ जनालाई राखिएको छ ।











प्रतिक्रिया