नेपालमा काेराेना संक्रमित २४५ मात्र भएकाे पुष्टी


न्युज अफ  नेपाल, काठमाडाैँ ।

थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएकाे छ । प्राविधिक कारण देखाउँदै मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले  संक्रमितको संख्या २४५ मात्र पुगेको जानकारि दिनुभएकाे हाे ।

उहाँका अनुसार  काठमाडाैँकाे चन्द्रागिरि निवासी ३२ वर्षीय पुरूष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका मात्र संक्रमित रहेका हुन ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।