थप २ जना काेराेना संक्रमित थपिए


न्युज अफ नेपाल, काठमाडाैँ।

बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र काठमाडाैँमा गरी थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार काठमाडाैँकाे चन्द्रागिरि निवासी ३२ वर्षीय पुरूष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेका छन् ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।