पुल्चोक स्थित निदान हस्पिटलमा सुरक्षाकर्मीको सिल्ड !


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको महामारी बढेसँगै आज पुल्चोक स्थित आरोग्य प्रतिष्ठान (निदान हस्पिटल)मा कडाई गरिएको छ ।
पुल्चोक स्थित यसका साथै निदान अस्पतालको एम्बुलेन्स कोरोना संक्रमण प्रमाणित भएका सोही अस्पतालका एक कर्मचारीलाई भक्तपुर र टेकू अस्पताल लान ल्याउन प्रयोग गरेकाले चालकको ट्रेसिङ लिनका लागि प्रतिष्ठान र अस्पताल भित्र बाहिर कसैलाई आवत जावत नहोस भन्नका लागि विहानै देखि सुरक्षा निकायले पूर्ण प्रतिबन्ध लगाएको छ ।

अस्पताल स्रोतका अनुसार सोही अस्पतालमा कार्यरत एक कर्मचारी सुनसरी घर गै केही दिन अघि काठमाडौ फर्किई अस्पताल आउनु पूर्व पिसीआर परिक्षण गराउन निदानको एम्बुलेन्समा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू पुगी नमूना छोडी पुनः त्यहि एम्बुलेन्समा भक्तपुर फर्किएका थिए ।

उनलाई मंगलबारको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका लागि अस्पतालमा कसैलाई आवत जावत गर्न नदिएको अस्पतालका एक संचालकले नाम नराख्ने सर्तमा जानकारी गराएका छन् ।

उक्त एम्बुलेन्स र चालकले दुईपटक संक्रमित व्यक्तीलाई ओसार पसार गरेकाले अस्पताल परिवार, विरामी र बिरामीका आफन्त निकै त्रसित भएका छन् । आज बिहान बिरामीको खाना समेत आफन्तले अस्पताल भित्र लान सुरक्षाकर्मीले रोक लगाएको बिरामीका एक आफन्तले जानकारी गराए ।

तस्वीरः उजाेल डंगाेल/ सुनिल महर्जन