न्युज अफ नेपाल, नवलपरासी ।
देशमा कोरोना संक्रमित बढे संगै नेपाल भारत सिमा दश गजामा पर्ख या फर्कको स्थितिमा पुगेका नेपालीलाई क्वारेन्टाईनमा ल्याइएको छ ।
पछिल्लो समय भारतमा छिटपुट रुपले रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न सहरमा रहेका नेपालीहरु घर फर्कन पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रका दशगजामा जम्मा भएका थिए ।
कोभिड १९ को सुरक्षा सतर्कता अन्तरगत दुई देश बीचको नांका शिल भएका कारण सयौं नेपाली दशगजामा आएर अड्एिकाहुन् ।
विगत ३,४ दिन देखि यहांको सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा वरपर ति नेपालीहरु बस्दै आएका थिए ।
देश छिर्ने आशमा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउदै आएको बताईन्छ । दशगजामा रहेका नेपालीलाई राहत स्वरुप स्थानीय संचारकर्मी र कतिपय जनप्रतिधिहरु त्यही पुगी खानेकुरा बांडे पछि यो खवरले उद्धार कार्यमा सवैको ध्यान खिचेको थियो ।
नेपालीहरु घर फर्कन सिमा तैनाथ सुरक्षावल मार्फत स्थानीय प्रशासनमा हार गुहार लगाई रहेकै बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढे पछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेकाहुन् ।
यसै बीच सिमामा रहेका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हुदै माथिल्लो निकायमा आवश्यक समन्वय भई रहेको यहांका सुरक्षा निकायहरुले बताउदै आईरहेका थिए ।
सिमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउदै समयमा देश भित्र ल्याउन नसके खुल्ला सिमानाबाट कतिपय लुकिछिपी खेतको बाटो गाउं पुग्ने स्थिति बढ्दै गएको थियो ।
यसैवीच सिमामा नेपालीले खाना न पानी र खुल्ला आकाशको भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दै गए पछि स्थानीय सुस्ता गाउंपालिकाले मंगलबार सांझ सत्तरी भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाईनमा राखेको छ ।
भारतबाट आई सिमामा अलपत्र नेपालीलाई रेडजोन का र अन्यलाई गरी ७ यहांका ७ वटा क्वारेन्टाईन केन्द्रमा राखिएको गाउं पालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भयो ।
पाण्डेका अनुसार सिमावर्ती पालिका सुस्तामा यस अघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सिमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाईन थपिएको हो ।
सुस्ता गांउ पालिकाले क्वारेन्टाईनमा रहेका सवैलाई आवश्यक खाना पानीका अतिरिक्त नियमित स्वास्थ्य जांचको प्रबन्ध गरिरहेको जनाएको छ । यहां क्वारेन्टाईन बस्नेको संख्या १ सय ३१ रहेको छ ।
पालिकाले यस अघि कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तिन किसिमको अलग अलग क्वारेन्टाईन निर्माणको अवधारण ल्याएको थियो ।











प्रतिक्रिया