लक डाउनले किसानको तरकारी खेती नष्ट


बासुदेव शर्मा, जाजरकोट ।
कोरोना भाईरस कोभिड १९ का कारण देशनै लक डाउन भएपछि किसानले लगाएको तरकारी खेतीमा लक डाउनका कारण रसायनिक विषादी नपाउदाँडडुवा, टुटा एसपी लोटा र फलको गवारो रोगकिराले टमाटर खेती नष्ट गरेको छ । भेरी नगरपालिका ४ मुलपानीका किसानले १५ रोपनी जग्गामा लगाएको टमाटर खेतीमा डडुवा, टुटा एसपी लोटा र फलको गवारो रोगकिराले नष्ट गरेको हो ।

प्लाष्टीक टनेल निर्माण गरी आफनै लगानीमा तरकारी खेती शुरु गरेका हुन् । आय आर्जनमा सुधार ल्याउन ८ घरले टमाटर खेती गरेका छन् । केहि दिन पहिले टमाटरको फल निकै ठुलो देखेर खुशी भएका किसानहरु डडुवा, टुटा एसपी लोटा र फलको गवारो रोगकिराले टमाटर खेती नष्ट भएपछि किसानहरु चिन्तित वनेका छन ।

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिने निति लिएपछिरसायनिक विषादी प्रयोग नगरि जैविक विषादि निर्माण गरी प्रयोग गरेपनि डडुवा, टुटा एसपी लोटा र फलको गवारो रोगकिराको रोगथाम, नियन्त्रण नभएकोले प्रति दिन ३ क्वीन्टल टमाटर खाल्डोमा नष्ट गर्ने गरेका छन् ।

भेरी नगरपालिका ४ का प्रदिप जंग शाहले ३ लाख ७५ हजार व्यक्तिगत लगानी गरेर ७ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती यसै बर्षवाट शुरु गर्नु भएको हो ।

टमाटर खेतिलाई मुख्य प्राथमिकता दिदै काक्रा, करेला, खुर्सानी भन्टा खेती गर्नु भएको शाहले टमाटर खेतीमा रोगको प्रकोप वढ्न थालेपछि भेरी नगरपालिका कृषि शाखा, कृषि विकास कार्यालयका कर्मचारीहरुलाई जानकारी गराएको कुरा वताउनु भयो ।

भेरी नगरपालिका कृषि शाखाका कृषि प्राविधिक भोला खत्री कृषि विकास कार्यालयका कृषि प्राविधिक टोपेन्द्र विकले टमाटर खेती अनुगमण गरि डडुवा, टुटा एसपी लोटा र फलको गवारो रोगकिरा लागेको वताउदै यो रोगको लागी अल्कोरा, नवादो विषादि प्रयोग गर्न किसानलाई आग्रह गरेको कृषि प्राविधिकद्धयले वताउनु भयो ।

लक डाउनले जाजरकोट सदरमुकामका एग्रोभेटहरुमा उहाँहरुले भनेको रसायनिक विषादी पाउन नसके पछि रोगको प्रकोप बढदै गएको छ । ४० देखि ५०क्वीन्टल भन्दा वढी टमाटर फलाउने लक्ष्य लिएर तरकारी खेती शुरु गरेका थियौ रोगकिराको प्रकोपले क्षति गर्दा लगानी बालुवामा पानि हाले जस्तै भएको प्रदिप जंग शाहले वताउनु भयो ।

राम्रो कामको शुरुवात आफैवाट शुरु गरेर किसानलाई तरकारी खेती प्रति आक्रशित गर्ने लक्ष्य लिएर तरकारी खेती शुरु गरेका शाहले पहिलो गाँसमै ढुगा लागे पछि तरकारी खेति प्रति जोस जागर मरेर आयो उहाँको भनाई रहेको छ ।

भेरी नगरपालिकाको कृषि शाखा र कृषि विकास कार्यालय नजिकैको तरकारी खेतीमा समय समयमा प्राविधिकहरु आएर सल्लाह सुझाव नदिदाँ यस्तो समस्य आएको वताउनु भयो ।

उहाँ जस्तै कृषक अम्वर जंग शाहीको ४ रोपनी जग्गामा लगाएको टमाटर खेती उक्त रोग किराले नष्ट गरेको वताउनु भयो । ३ रोपनी जग्गामा फलफुल खेती शुरु गरेका शाहीले तरकारी खेती शुरु गरौ भने यसै वर्षबाट शुरु गरयौ रोग किराको प्रकोपले १ सय किलो पनि विक्रि वितरण गर्न नपाउदाँ तरकारी खेती प्रति जोस र जाँगर सवै हराएर आयो उहाँको भनाई रहेको छ ।

लोकेन्द्र शाही, वसन्त दिपेन्द्र, विजया, रुद्ध कुमारी शाही र विमला शर्माले लगाएको टमाटर खेती रोगकिराले नष्ट गरेपछि विक्रि वितरण गर्नु त परको कुरा हो सफा र स्वच्छ फल खाना सम्म नपाएको वताउनु भयो । आधुनिक खेति गरेर आय आर्जनमा सुधार ल्याउ भनेर टमाटर खेती गर्दा यस्तो प्रकोप देखिएकोले वारीमा जान छोडेको विजया शाहीले भन्नु भयो ।

भेरी नगरपालिका, कृषि विकास कार्यालयले किसानले लगाएको खेति अनुगमण गर्ने सल्लाह सुझाव दिने काम हो तर जानकारी गरेपछि मात्र आउदाँ कृषि पेशा प्रति किसानको जोस सेलाउदै गएको प्रदिप जंग शाहले वताउनु भयो ।

कृषिका क्षेत्रमा काम गर्ने कार्यालयहरुवाट जानकारी गरेपछि प्राविधिक सहयोग वाहेक अन्य सहयोग पाउन नसकेको वताउनु भयो । कृषि कार्यालयमा काम गर्ने कर्मचारीहरुको छड्को नजरका कारण सहयोग पाउन नसकेको उहाँको भनाई रहेको छ । जाजरकोट सदरमुकाम भित्रका नागरिकहरुलाई प्रस्स्त हुने अर्गानिक तरकारी खेतीमा क्षेति हुदाँ घर भित्रको सरकार भेरी नगरपालिका समेतको ध्यान जान नसकेको वताउनु भयो ।