सिंहदरबार गेट अगाडि प्रहरीलाई मुक्का हान्ने भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

लकडाउन उलंघन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट अगाडि आफ्नो देश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शनका क्रममा प्रहरीमाथि कुटपिट गर्दा पक्राउ परेका चिनियाँहरुमध्ये एकजना नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ ।

गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आक्रमण गरेका थिए ।

चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका परेका छन् । उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।

सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई रगताम्य हुने गरी कुटपिटमा संलग्‍न ती चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको हो। ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको छ।

महानगरीय प्रहरी वृत टेकुका अनुसार पक्राउ गरिएका ७० जना चिनियाँ नागरिकमध्येमा ४३ जनालाई छोडिएको छ। प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार ती चिनियाँले निषेधित क्षेत्रमा हुलहुजज्तसँगै लकडाउनको पनि उलंघन गरेका थिए।

उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात पनि गरेका छन्। “पक्राउ परेका ती चार जनालाई अभद्र व्यवहारमा मुद्दा चलाउछौं,” उनले भने, “आज शनिबार सार्वजनिक बिदा भयो, भोलिसम्म म्याद थपेर अनुसन्धान अघि बढाउँछौं। सिंहदरबार प्रहरी वृत्तका अनुसार दुई चिनियाँ नागरिकको नाम खुल्न सकेको छैन।”

सिंहदरबार अगाडि प्रर्दशन गर्ने क्रममा ४७ जना पक्राउ परेका थिए। ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए। उनीहरु लकडाउनको उलंघन गर्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

उनीहरुले प्रहरीको लाठी खोसेर आक्रमण गरेका थिए। चिनियाँ नागरिकको समूहले प्रहरीमाथि लात्ती र मुक्का बर्साउँदा सिंहदरबार बृत्तका डिएसपी हरिबहादुर बस्‍नेतको टाउको नै फुटेको थियो। झडपमा अन्य तीजना प्रहरी पनि घाइते भएका छन्।

त्यसक्रममा सम्यमित देखिएको प्रहरीले पनि आत्मरक्षाका लागि उनीहरुमाथि लाठी हानेको थियो। चिनियाँ नागरिले आक्रमण गर्दा बस्नेतको टाउकामा चोट लागेपछि तत्कालै ब्यान्डेज गरिएको थियो। उनी रगताम्य भएका थिए। भद्रकाली क्षेत्रबाट आएका उनीहरुलाई प्रहरीले रोक्न खोजेपनि हुलहुज्जत गर्दै सिंहदरबारको मूलगेट अगाडि पुगेका थिए। प्रदर्शनमा सहभागीमध्ये पर्यटक राहदानीमा घुम्‍न आएका चिनियाँ पनि छन्। उनीहरु ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएपछि तनाव भएको थियो।