कार र मोटसरकाइल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

0
Shares

काठमाडौं ।

काठमाडौंको रवीभवमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कार र वपरित दिशाबाट आएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।