कोरोनाले ३० लाखको ज्यान लिन सक्छ

0
Shares

लन्डन (एजेन्सी)
कोरोना भाइरस मानव समुदायमा सबैभन्दा भयानक त्रासदी बन्दै गइरहेको छ । विकसित देशहरुमा वितन्डा मच्चाइरहेको घातक कोरोना भाइरसले कम आय भएका देशहरुमा ३० लाखको ज्यान लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । अहिलेसम्म कोरोना भाइरसबाट विश्वमा २ लाख ७० लाखको मृत्यु भइसकेको छ ।

इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी)का सीईओ डेविड मिलब्यान्डले भने ( कोरोना भाइरसबाट कम आय भएका देशमा एक अर्ब नागरिक संक्रमित हुन सक्छ  र ३० लाखले ज्यान गुमाउन सक्छ ।

संयुक्त राष्ट्रको रेस्क्यु एजेन्सीले यदी धनी देश गरिब देशको मद्दत गर्दैन भने त्यहाँको स्थिति भयावह हुन सक्नेमा सचेत गराएको छ ।

संंयुक्त राष्ट्र्रका निकाय विकासशिल देश विशेषगरी अफ्रिकी देशलाई लिएर धेरै चिन्तित छ, किनभने त्यहाँको स्वास्थ्य ब्यवस्थाको स्थिति अत्यन्त खराब छ । उनले भने ( युरोपेली देशमा धरै राम्रो स्वास्थ्य सुविधाहरु छन् ।

यदि म्यान्मारबाट आएका सरणार्थी रहेको कक्सिस बजारलाई हेर्ने हो भने त्यहाँको जनघनत्व न्युयोर्कको भन्दा चारगुणा बढी छ । दक्षिण सुडानमा हेल्थ केयर र वेन्टिलेटर विलासी जस्तै हो । यस्तोमा हाम्रो अनुमान एक अर्ब भन्दा धेरै कोरोना भाइरसबाट संक्रमित हुनेछ ।

 

मिलिब्यान्डले न्युयोर्कको उल्लेख गर्नुको कारण अमेरिकामा यो सहर कोरोना भाइरसको केन्द्र बनिरहेकोले हो । यहाँ कारोनाको चपेटामा आएका १९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यो विश्वको मात्र   अमेरिकाकै पनि त्यसतो राज्य हो जहाँको स्वास्थ्य सुविधा अत्यन्त अध्याधुनिक मानिन्छ ।