काठमाडौं, (नेस)
नेपालीहरु मनका धनी हुन्छन् भन्ने कुरा थाइल्यान्डमा बस्ने नेपाली समाजसेवीले प्रस्ट पारेका छन् । उनीहरु स्वदेशमा मात्रै नभई विदेशमा पनि कसैलाई परेको दुःख र पीडा टुलुटुलु हेरेर बस्न सक्दैनन् भन्ने कुरा पुष्टि गरेका छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण समस्यामा परेका थाइल्यान्डको फुकेटका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्नको जोहो गरिदिएपछि नेपालीको जयजयकार गरिएको छ ।
श्री भगवत् धाम सनातन मन्दिर फाउन्डेसन तथा थाई नेपाली समाज फुकेट थाइल्यान्डको संयुक्त आयोजनामा ती दुवै संस्थाका पदाधिकारीले कोभिड–१९ का कारण खाद्यान्न समस्यामा परेका फुकेटबासीलाई बिहीबार खाद्यान्न वितरण गरेको हो ।
भगवत धाम सनातन मन्दिर फाउन्डेसन तथा थाई नेपाली समाज फुकेट, थाइल्यान्डका संस्थापक अध्यक्ष डैङ्ग लिम्बुसहितका पदाधिकारीले १८ लाख नेपाली रुपियाँ बराबरको खाद्यान्न सहयोग गरेको लिम्बुका नेपाली मित्र वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताउनुभएको छ ।











प्रतिक्रिया