स्वास्थ्य सेवा विभागमा दीप प्रज्वलन

0
Shares

काठमाडौं, (नेस)

कोरोना संक्रमणको उपचारका लागि फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन बिहीबार साँझ स्वास्थ्य सेवा विभागमा दीप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले, फिल्डमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसला बढाउन बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन गरिएको बताउनुभयो ।

बुद्ध जयन्तीको अवसरमा विश्वभरि कोरोनाविरुद्धको लडाइँमा फिल्डमा खटिने राष्ट्रसेवकलाई हौसला प्रदान गर्नुका साथै संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको श्रेष्ठले बताउनुभयो ।