सेनालाई दिईयो पीपीई र फर्स्ट एड किट्स


न्युज अफ नेपाल, काठमाडौँ ।

कोभिड १९ कोरोना भाइरसको प्रभाव बढेसंगै मुलुक यतिबेला लकडाउनमा छ । लकडाउन यता पछिल्लो समय अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएका संस्थाले नेपाली सेनालाई पीपीइ तथा फर्स्ट एड किट वितरण गरेको छ ।

बिभिन्न सरकारी तथा सामुदायिक अस्पताल एवं स्थानीय निकाय संग समन्वय गरि परोपकारी काम गर्दै आएको प्रारम्भ सामाजिक संस्था र आनी छोयिंग डोल्मा फाउण्डेशनले नेपाली सेना रास्ट्रिय सेवा दलको मुख्यालयमा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पछिल्लो समय नेपालगंज र बिरगंजमा बढेको कोरोना संक्रमितको संख्या र यसको प्रभावलाई मध्य नजर गर्दै त्यहाँ कार्यरत स्वास्थ्य कर्मी र सुरक्षाकर्मीका लागि ७० थान पीपीई किट सेट र १ सय थान फर्स्ट एड किट्स प्रदान गरिएको छ ।

वरिष्ठ कलाकार हरिबंश आचार्य एवं उहांकि धर्मपत्नि रमिला आचार्य , सिंगापुर रेडक्रसका कन्ट्रि डाईरेक्टर एवं प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, आनी छोयिंग डोल्मा फाउण्डेसनका अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा र प्रारम्भ संस्थाका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले रास्ट्रिय सेवा दलका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी श्री कृष्ण मुरारी न्यौपाने एवं रास्ट्रिय सेवा दल अल्मुनाइ एसोसियसनका प्रमुख सल्लाहकार निगम हुमागाईलाई हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण गर्दै कलाकार हरिबंश आचार्य , गायिका आनी छोयिंग डोल्माले सरकारलाई सघाउन चाहेको बताउदै आवश्यक पर्दा जस्तो सुकै जिम्मेवारी लिन तयार भएको उद्घोष गरेका थिए ।

सामग्री ग्रहण गर्दै सहायक रथी कृष्ण मुरारी न्यौपाने एवं अल्मुनाइ एसोसियसनका प्रमुख सल्लाहकार निगम हुमागाईले प्राप्त सहयोग र सामग्री दुरुपयोग हुन् नदिने र प्रभावित क्षेत्रमै पुर्याउने बचनबद्धता गर्नुभयो ।

बिभिन्न प्रकोप र महामारी तथा संकटका बेला नेपाली सेनाले सधै अग्र पंक्तीमा रहेर सुरक्षा बन्दोबस्ती गर्दै आएकोले सेना मार्फत कोरोना बिरुद्धको अभियानमा साथ दिन हातेमालो गर्न चाहेको प्रारम्भले जनाएको छ ।