सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्री हिँडेपछि….

वामदेव फेरि प्रचण्ड–नेपालपक्षमै


मधुसूदन रायमाझी, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र फेरि विवादबल्झिएको छ । आन्तरिक विवाद समाधानगर्न बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय हुननसक्दा बैठक नै अनिश्चितभएको हो । स्थायी कमिटीमा प्रस्तुतगर्ने एजेण्डा तय गर्न अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमलदाहाल ‘प्रचण्ड’बीच पटक–पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

बुधवार स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न प्रधानमन्त्रीनिवास वालुवाटारमा बसेको सचिवालय बैठकमा बैठक चल्दाचल्दै प्रधानमन्त्रीओली हिडेपछि विवादले नयाँमोड लिएको छ ।

सचिवालय बैठकमा एक व्यक्ति एक पदको एजेण्डा प्रस्तुतगर्न ओलीले अस्वीकार गर्दै बैठकबाट बाहिरिएपछि विवादथप सतहमाआएको छ । यसअघि वैशाख २० गते बसेको सचिवालय बैठकमा नेताहरुले पार्टीलाई एकताबद्ध गर्न सहमतिकायम गरेरै अघिबढ्ने सहमतिजनाएपनि फेरि विवादबल्झिएको छ ।

बैठक नसकिदै प्रधानमन्त्री हिडेपछि सचिवालय सदस्यहरुले केही समय कुर्दासमेत पुनः बैठकमा नफर्किपछि प्रधानमन्त्रीओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएपनि स्थायी कमिटीको बैठकको एजेण्डामा सहमति जुट्न सकेन ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यकाअनुसार प्रचण्डले सबै समाधान स्थायी समिति बैठकमा खोज्ने गरी एजेण्डा ल्याएपछि प्रधानमन्त्रीओलीले अस्वीकार गर्नुभएको हो । स्थायी कमिटीमा प्रधानमन्त्रीओलीअल्मतमा परेसँगै सकेसम्म सचिवालय बैठकबाट अहिले देखिएको विवाद समाधानगर्ने पक्षमाओली रहनुभएको छ ।

यसअघिको सचिवालय बैठकमा ओलीले आत्मआलोचना गरेपछि विवाद केहीमत्थर भएको थियो । सचिवालयमाविवाद भएपछि अध्यक्षद्वयओली र प्रचण्डको सहमतिमै दुई–तीनदिनभित्र नै स्थायी कमिटीको बैठक बोलाउने सहमतिभएको छ ।

बैठकको एजेण्डा र कार्यसूचीतथा सरकारको नीतितथाकार्यक्रम र बजेटको विषयमा सरकारलेकामगर्नुपर्ने भएकाले बैठक स्थगितगर्ने सहमतिभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेकपाको गतवैशाख २० गते बसेको सचिवालय बैठकले बैशाख २५ अर्थात बिहीवार स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको थियो ।

बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्तानारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावबारे दुई अध्यक्षहरूबीचअझै पनि गृहकार्य गर्न बाँकी रहेकोलेबैठक स्थगितगरिएको जानकारी दिनुभयो । बैठकमा चर्काचर्की भएपछि बैठक चलिरहेका बेलाप्रधानमन्त्रीओली ‘म थाकें, एकछिनमा आउँछु’ भनीनिस्केर हिडेको बताइएको छ ।

शनिबार भएका सहमतिबाटप्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल समूहले लगाएपछि बैठकमा विवादभएको थियो । पहिला सहमतिभएअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी स्थायी समितिमा प्रस्ताव लैजाने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र केहीमुख्यमन्त्रीहरू फेरबदलगर्ने सहमतिबाट प्रधानमन्त्रीओली पछि हटेको प्रचण्ड–नेपालसमूहले आरोप लगाएका छ ।

वैशाख १७गतेको बैठकमा उपाध्यक्षवामदेव गौतमलाई प्रधानमन्त्रीबनाउने प्रस्ताव राखेकाप्रधानमन्त्रीओलीले २० गतेको सचिवालय बैठकमा उक्त प्रस्तावबारे केहीपनिउल्लेख नगरेपछि पछिल्ला दिनमागौतम रुष्ट रहनुभएको छ । बुधबार बिहानमात्रगौतम प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । ओलीले धोकादिएको भन्दै गौतमले प्रचण्डलाई आफूबाट केहीगल्तीभएको बताउदै आगामीदिनमातपाई (प्रचण्ड–नेपाल) समुहमै रहने विषयमा कुराकानीभएको प्रचण्डको सचिवालयले बताएको छ । गौतमले प्रचण्ड–नेपाल समुहमाआउदा सचिवालयमापनिप्रधानमन्त्रीओलीपुनःअल्मतमा रहनुहुने भएको छ ।