काठमाडौं, (नेस)
बालगुरु आदित्यद्वारा स्थापित ‘ॐ आदि फाउन्डेसनअन्तर्गतको आदित्य जनहित कल्याण कोषले सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपियाँ प्रदान गरेको छ ।
सो रकम उक्त कोषका अध्यक्ष रामेश्वर थापालगायतका टोलीले प्रधानमन्त्री कार्यालयका सचिव डा. तीर्थराज ढकाललाई हस्तान्तरण गरेको कोषका कोषाध्यक्ष उद्धवकुमार केसीले जानकारी दिनुभयो । टोलीमा शेषराज दाहाल, नरेन्द्रबहादुर श्रेष्ठ, बिनु क्षेत्रीलगायतका व्यक्तिको सहभागी थियो ।
यसैगरी उक्त कोषले काठमाडौं महानगरपालिका वडा नं ७ लाई पनि ५१ हजार रुपियाँ सहयोगस्वरुप हस्तान्तरण गरेको छ । गरिब, असहाय र आपत्विपत्मा परेकाहरुलाई आर्थिक सहयोग गर्नका लागि उक्त कोष गठन भएको कोषाध्यक्ष केसीले बताउनुभयो ।
सो संस्थाले यस अघि पनि भूकम्पपीडित, बाढीपहिरोबाट आपत्मा परेकालाई सहयोग गरेको बताइएको छ ।











प्रतिक्रिया